बिजनेश विकास र प्रवद्र्धनका लागि नगरपालिका र गाउँपालिका विच सहमती पत्रमा हस्ताक्षर

बिजनेश विकास र प्रवद्र्धनका लागि नगरपालिका र गाउँपालिका विच सहमती पत्रमा हस्ताक्षर

बिजनेश विकास र प्रवद्र्धनका लागि नगरपालिका र गाउँपालिका विच सहमती पत्रमा हस्ताक्षर

महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप बिजनेशको विकास र प्रवद्र्धनका लागि सहकार्य गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघ र मोरङ्ग जिल्लाका बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र केराबारी गाउँपालिका विच सहमती पत्रमा हस्ताक्षर भएको छ ।

२०७८ साउन १५ गते महासंघको सभाहलमा भएको सहमती पत्रमा बेलबारी नगरपालिका प्रमुख श्री ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख श्री दिलिप कुमार राईको उपस्थितिमा महासंघ र ती नगरपालिका विच हस्ताक्षर भएको ।

केराबारी गाउँपालिकका अध्यक्ष श्री रोहित कुमार कार्की कार्य व्यस्तताको कारणले हस्ताक्षर कार्यक्रममा उपस्थित हुन नसकेता पनि केही समय पछि नै उहाँको उपस्थितिमा सहमती पत्रमा हस्ताक्षर गर्ने सल्लाह भएको छ ।