नवनियुक्त राजदुतलाई बधाई तथा शुभ–कामना

नवनियुक्त राजदुतलाई बधाई तथा शुभ–कामना

नवनियुक्त राजदुतलाई बधाई तथा शुभ–कामना

छिमेकी मित्रराष्ट्र भारतका लागि नवनियुक्त राजदुत डा. शंकर प्रसाद शर्माको सम्मानमा २०७८ चैत्र १२ गते महासंघमा एक समारोहको आयोजना गरि बधाई तथा कार्यकाल सफलताको लागि शुभ–कामना व्यक्त गरिएको छ । महासंघका अध्यक्ष श्री उमेश प्रसाद सिंहको अध्यक्षतामा आयोजित बधाई तथा शुभ–कामना कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष श्री श्याम प्रसाद गिरी, पूर्व अध्यक्षहरु श्री बासुदेव गिरी र श्री सुरेश प्रधान, बरिष्ठ उपाध्यक्ष श्री सूर्य वहादुर कंडेल, केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष श्री रोशना उपाध्याय लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राजदुत डा. शर्माले भारतका लागि नेपाली राजदुतका नाताले भारतमा रहदा नेपालका लघु, घरेलु तथा साना उद्योगको हित अनुकूल कार्य गर्ने विश्वास दिलाउनु भयो ।