नेपाल घरेलु तथा साना उद्योग महासंघका ७ वटै प्रदेशका अधिवेशनहरु सम्पन्न

नेपाल घरेलु तथा साना उद्योग महासंघका  ७ वटै प्रदेशका अधिवेशनहरु सम्पन्न

नेपाल घरेलु तथा साना उद्योग महासंघका ७ वटै प्रदेशका अधिवेशनहरु सम्पन्न

नेपाल घरेलु तथा साना उद्योग महासंघले ७ वटै प्रदेशका अधिवेशनहरु सम्पन्न गरिसकेको छ । २०७८ कात्तिक २९ गते सम्पन्न लुम्बिनी प्रदेश अधिवेशनबाट अध्यक्षमा नेत्र प्रसाद पाठक र प्रदेश महिला उद्यमी समितिको अध्यक्षमा शान्ति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ भने २०७८ मंसिर १ गते सम्पन्न बागमती प्रदेश अधिवेशनबाट अध्यक्षमा तारा प्रसाद पौडेल र प्रदेश महिला उद्यमी समितिको अध्यक्षमा सुलोचना श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । यसैगरी २०७८ मंसिर १४ गते भएको गण्डकी प्रदेश अधिवेशनबाट अध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ र प्रदेश महिला उद्यमी समितिको अध्यक्षमा चिनु गुरुङ्ग निर्विरोध निर्वाचित हुन भएको छ । यसरी नै २०७८ मंसिर २१ गते भएको सुदुरपश्चिम प्रदेश अधिवेशनबाट अध्यक्षमा नर वहादुर रावल र प्रदेश महिला उद्यमी समितिको अध्यक्षमा रुकमणि देवकोटा निर्विरोध निर्वाचित हुनु भएको छ भने २०७८ पौष १४ गते सम्पन्न २ नं प्रदेश अधिवेशनबाट अध्यक्षमा सत्यनारायण अग्रवाल र प्रदेश महिला उद्यमी समितिको अध्यक्षमा सुधा कर्ण निर्विरोध निर्वाचित हुनु भएको छ । यसैगरी २०७८ पौष १९ गते भएको कर्णाली प्रदेश अधिवेशनबाट अध्यक्षमा चन्द्र वहादुर वि.सि र प्रदेश महिला उद्यमी समितिको अध्यक्षमा गोमा ओली निर्विरोध निर्वाचित हुनु भएको छ भने २०७८ फ़ागुन १५ गते सम्पन्न प्रदेश न. १ को अधिवेशनबाट शिवा उपाध्याय अन्जु अध्यक्षमा र नमिता न्यौपाने प्रदेश महिला उध्यमि समितिको अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।