नेपाल १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव

लघु, घरेलु तथा साना उद्योग मार्फत मुलुकको औद्योगिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले मुलुकभरका लघु, घरेलु तथा साना उद्यमीहरुबाट उत्पादित वस्तुहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले २०७५ फागुन २३ देखि २७ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा नेपाल १५औ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ आयोजना गर्दैछ ।

नेपालको स्वदेशी औद्योगिक वस्तुको राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा बजार प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यले गर्न लागिएको नेपाल १५औ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ मा उत्पादनमुलक औद्योगिक उत्पादनका साथै उर्जा तथा नविनतम प्रविधीजन्य उत्पादनहरु मेलाको प्रमुख आकर्षण रहनेछन् । स्थानिय स्तरमा स्थानिय श्रोतको सदुपयोग गरि उत्पादन गरिरहेका लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादीत बस्तुहरुको दिगो बजार पहुँच स्थापित गर्ने उद्देश्य समेत रहेको यस प्रदर्शनीमा देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, बनपैदावार, हस्तकला, सौर्य ऊर्जा, वायोग्यास, लघु तथा साना जलविद्युत, वायु ऊर्जा, जैविक ऊर्जा जस्ता प्रविधिहरुका साथै यस्ता प्रविधिमा अध्ययन एवं अनुसन्धान लगायत अन्य कार्य गर्ने कम्पनी तथा संघ संस्था, वैक तथा वित्तिय संस्था, नवीकरणीय ऊर्जा र उपयुक्त प्रविधि लगायत लघु, घरेलु तथा साना र राष्ट्रिय उद्योगका उत्पादनहरुको प्रदर्शनीका साथमा विविधसाँस्कृतिक कार्यक्रम तथा खाद्य महोत्सव समेत समावेश गरिनुका साथै सार्क मुलुक र चिनका उद्यमीहरुको समेत सहभागिता रहनेछ । हाम्रातुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस किसिमको मेलाले मुलुकको औद्योगिकरणको वर्तमान र तत्कालिन अवस्थालाई उजागर गर्नेछ ।

उद्देश्य

स्वदेशी औद्योगिक वस्तुको बजार प्रवद्र्धन गर्ने ।
औद्योगिक विकासका लागि कृषि औजार तथा प्रविधिहरु तथा नविकरणीय उर्जाका प्रविधिहरुको प्रयोगका लागि प्रचार प्रसार गर्ने ।
नेपालका लघु, घरेलु साना उद्योगहरु र सार्क देशका लघु, घरेलु, साना उद्योगहरु बिच सम्पर्क बढाउने ।
नेपालका औद्योगिक वस्तुहरुको राष्ट्रिय एवम अन्तराष्ट्रिय बजारीकरणको सम्भावनाको खोज तथा प्रवद्र्धन गर्ने ।
उद्यमी उद्यमी बिच तथा अन्वेषणकर्ता र उद्यमी बिच सम्पर्क स्थापित गर्ने, अन्तरक्रिया एवम छलफल गर्ने ।
नेपाली वैज्ञानीक तथा आम समुदायले आविष्कार गरेका उपयुक्त तथा नविन प्रविधिको पहिचान, संकलन र व्यवसायीक विकासका लागि आम चासोको विषय बनाउन प्रदर्शनीको आयोजना गर्ने ।
नविन आविश्कार, खोज तथा अनुसन्धानलाई उद्योगमा व्यवसायीक रुपान्तरणका लागि सहजिकरण गर्ने ।
मुलुकको औद्योगिकरणको बर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई प्रदर्शन गर्ने ।

मूख्य आकर्षणहरु

लघु घरेलु तथा साना उद्यमीहरुद्धारा उत्पादित एवम छरिएर रहेका मौलिक वस्तुहरुको प्रदर्शनी
महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रदर्शनी
औद्योगिक उत्पादनहरुको प्रदर्शनी
बैकल्पिक उर्जा, उपयुक्त एवम नविन प्रविधिहरुको प्रदर्शनी
अन्तराष्ट्रियस्तर (सार्क एवम चिन) का उद्योगीहरुको प्रदर्शनी
विकास साझेदारहरुका कार्यहरुको प्रदर्शनी
बैंक तथा वित्तिय संस्था लगायत व्यवसायीक विकास सेवा प्रदायकहरुको प्रदर्शनी
अन्तरक्रिया तथा सेमिनार

अपेक्षित उपलब्धी

२ लाख अवलोकनकर्ताहरुले प्रदर्शनी अवलोकन गर्ने ।
७ करोड भन्दा बढिको आर्थिक कारोवार हुने ।
लघु, घरेलु तथा साना र महिला उद्योगीहरुद्वारा उत्पादित वस्तुको बजार सञ्जाल विस्तार हुने ।
नेपाली मौलिक उत्पादनहरुको राष्टिय तथा अन्तराष्टिय बजारमा  प्रवर्धन र संम्वर्धनका लागि  सघाउ पुग्ने ।
मुलुकमा विद्यमान उपयुक्त प्रविधिहरु, मौलिक प्रविधिहरु, नविन खोज तथा सार्क मुलुकका औद्योगिक उत्पादनहरु तथा विकसित प्रविधिहरुसँग नेपाली उद्यमीहरु सुसुचित भई बजार माग अनुरुपका प्रतिष्पर्धी वस्तु उत्पादन गर्न प्रोत्साहन हुने ।

लक्षित सहभागिहरु

मुलुकभरका लघु घरेलु, साना तथा महिला उद्यमीहरु
स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यवसायीहरु
कृषि, बन एवम अन्य औद्योगिक उत्पादन, प्रविधिका क्षेत्रमा कार्यरत नेपाल सरकारका विभिन्न निकायहरु तथा विकास साझेदार संघ संस्थाहरु
बैंक तथा वित्तिय एवम व्यवसायीक विकास सेवा प्रदायक संस्थाहरु
नविन खोज अनुसन्धान तथा प्रविधिको विकासमा संलग्न व्यक्ती, समूह, प्रतिष्ठान, उद्योग वा संस्थाहरु
सार्क मुलुक एवम चिनका उद्यमी व्यवसायीहरु

उत्पादनहरु

काठ÷ढुङ्गा÷धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतवाँस आदिबाट निर्मित सजावटका सामानहरु
गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु
अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु
नविनतम प्रविधिहरु
नेपाली हाते कागजका वस्तुहरु
परम्परागत हस्तकलाका सामानहरु
कृषी तथा बनमा आधारीत उत्पादनहरु
शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्थाहरु
बैकल्पिक÷नविकरणीय ऊर्जा
सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु
शिक्षा तथा पर्यटनसँग सम्बन्धित सेवा प्रदायकहरु
अन्य औद्योगिक वस्तुहरु

लक्षित अवलोकनकर्ताहरु

लघु घरेलु तथा साना उद्योगका क्षेत्रमा कार्यरत सरकारी, गैह्सरकारी निकायका प्रतिनिधिहरु
नेपाली वस्तुको राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापार गरिरहेका आयात निर्यातकर्ताहरु
क्रेता, थोक बिक्रेताहरु
अनुसन्धानकर्ता, विद्यार्थीहरु
आम उपभोक्ताहरु

प्रदर्शनी मितिः
२०७५ फागुन २३ देखि २७ गतेसम्म (तदनुसार, ७  देखि ११ मार्च २०१९)

प्रदर्शनी समय
समय ः विहान १० देखि साँझ ६ बजेसम्म
स्थान ः भृकुटिमण्डप, काठमाडौं

स्टल बुकिङ्ग खुल्ला गरिएको हुँदा अविलम्व महासंघमा सम्पर्क गरी स्थान सुरक्षित गर्नुहुन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई हार्दिक अनुरोध गर्दछौ ।